उठेन रमाको शव, हत्याको आशंका गर्दै स्कुलमा आफन्तद्वारा धर्ना

काठमाडाैं | असार १९, २०७९

उठेन रमाको शव, हत्याको आशंका गर्दै स्कुलमा आफन्तद्वारा धर्ना

 

 काठमाडौं :         काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि  सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले  हत्याको आशंका गर्दै स्कुलमा प्रर्दशन गरेका छन् ।

 

शनिबार बेलुका केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।

 

मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको ,छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।

 

रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

 

मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्