उठेन रमाको शव, हत्याको आशंका गर्दै स्कुलमा आफन्तद्वारा धर्ना

काठमाडाैं | असार १९, २०७९

उठेन रमाको शव, हत्याको आशंका गर्दै स्कुलमा आफन्तद्वारा धर्ना

 

 काठमाडौं :         काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि  सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले  हत्याको आशंका गर्दै स्कुलमा प्रर्दशन गरेका छन् ।

 

शनिबार बेलुका केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।

 

मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको ,छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।

 

रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

 

मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्